कविताः ‘हो, मलाई मर्ने रहर जागेको छ’

कविताः ‘हो, मलाई मर्ने रहर जागेको छ’


आज पहाडले शिर नै थिच्ने गरी
पिडाका भारीहरू शिरमा बर्सिरहेका छन् 
म छातीमा ढुङ्गाहरू राखेर हाँसीरहेको छु
नारायण गोपालका गितले भने जस्तै तर पनि,
कत्ति खुशी हुन सकेका छैनन् मेरा अन्तरआत्माहरू र त,
हो मलाइ मर्ने रहर जागेको छ !
✍️✍️
तिम्रा पदचापहरू पछ्याउँदै
नहिँडेका बाटाहरू भेटिन गाह्रो छ शहरमा
तिनै बाटाहरूमा लरखराउँदै हिँड्दा 
तिम्रा सुगन्धित सुगन्धहरूले पोल्ने गेरेको छ मलाई
तिम्रा पाइलाहरूले डोर्‍याइरहे जस्तो,
हातमा हात समातेर हिँडे जस्तै लागिरहेछ
यिनै पिडाहरू खप्न नसकेर,
हो मलाइ मर्ने रहर जागेको छ !!
✍️✍️✍️
घण्टौं गफिने तिम्रा आवाजका झन्कारहरूले
घरीघरी तर्साइरहन्छ,
तिमिले चोरी चकारि हेर्ने गरेका नजरहरूले
छिनछिनमा झस्काइरहन्छ,
हो, आज म पिडा खपेरै तिम्रा अतितमा लुटपुटिरहेको छु
मेरा बाहुहरूमा टाउको राख्दै तिमिले बोलेका
हामी जीन्दगीभर सहयात्री रहिरहने छौं भन्ने शब्दहरूले
भतभत पोलिरहेका छन् मलाई
तिमिले गरेका बाचाहरू अनि मैले गरेका बाचाहरू
कास पुरा हुन सकेनन्  र त,
हो आज मलाई मर्ने रहर जागेको छ !!!

-प्रधान माइलो
                                                     

Logo