०७६ को मदन पुरस्कारका लागि ७ पुस्तक छनौट

०७६ को मदन पुरस्कारका लागि ७ पुस्तक छनौट


काठमाडौं ।

०७६ सालको मदन पुरस्कारका लागि ७ वटा पुस्तक छनौट गरिएको छ । मदन पुरस्कार गुठीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै ७ वटा पुस्तकको नाम सार्वजनिक गरेको हो ।

गुठीलाई प्राप्त १५१ वटा पुस्तकबाट उत्कृष्ट ठानिएका ७ कृति छानिएको हो ।

छनौटमा परेका कृतिहरूमा विमल निभाको ‘जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रव्यूह’, शारदा शर्माको ‘यात्रामा’ , भुवन ढुङ्गानाको ‘परित्यक्ता’, योगी धर्ममहारसको ‘महारसनिघण्टु (१–३)’, ललित विष्टको ‘मोहपथ’ र चन्द्रप्रकाश बानियाँको ‘महारानी’ छन्।

उल्लेखित मध्ये एकलाई ०७६ सालको मदन पुरस्कार प्रदान गरिनेछ । नेपाली साहित्य तर्फको सर्वाधिक ठूलो मदन पुरस्कारको राशी चार लाख रुपैयाँ छ।

Logo