साहित्यकार योगेन्द्र तिमिल्सिनाको ‘अक्कर’ उपन्यासको परिचर्चा

साहित्यकार योगेन्द्र तिमिल्सिनाको ‘अक्कर’ उपन्यासको परिचर्चा


साहित्यकार योगेन्द्र तिमिल्सिनाको ‘अक्कर’ उपन्यासको परिचर्चा गरिएको छ । 

शनिबार काठमाडौँ धापासीस्थित ह्वाइट माउन्टेन स्कुलमा आयोजित एक कार्यक्रमकाबीच उपन्यासको परिचर्चा गरिएको हो। उपन्यासको परिचर्चा प्राध्यापक डा. शैलेन्दुप्रकाश नेपाल र साहित्यकार, समालोचक ज्ञानु अधिकारीले गरेका हुन्।

उपन्यासको परिर्चचा गर्दै प्राध्यापक डा. शैलेन्दुप्रकाश नेपालले अक्कर उपन्यास सामाजिक‍, पारिवारिक विषय वस्तु समेटिएको एक उत्कृष्ट उपन्यास भएको बताए। पुस्तकको परिचर्चा गर्दै उनले भने,"उपन्यास पढ्दै गर्दा उपन्यासभित्र मैले आफूलाई भेटे, उपन्यासमा गाउँ/ठाउँ र शहरबीचको यथार्थ र फरकपनलाई देखाइएको छ । गाउँलाई बाहिरबाट हेर्दा दुःख देखिन्छ तर आन्तरिक रूपमा गाउँ निकै खुसी छ, शहर बाहिरबाट हेर्दा खुसी र सुखी देखिएपनि दुःखी छ।" 

उपन्यासमा पुराना पुस्ता, नयाँ पुस्ता दुवैका विषयवस्तु समेटिएकाले आफ्नो उपन्यास सबै वर्गका पाठकका लागि पठनीय भएको लेखक तिमिल्सिनाकाे दाबी छ ।

साथै प्राध्यापक डा. नेपालले पुस्तक सरल र सहज भएकाले पाठकले सजिलै बुझ्ने पनि बताए ।  

पुस्तकको समिक्षा गर्दै साहित्यकार, समालोचक ज्ञानु अधिकारीले पुस्तक पढ्दा साहित्य र शब्दमाथि गर्व लागेको बताइन्। उनले भनिन्, "प्रकृति र  परिवेशको उत्कृष्ट चित्रणले, पुस्तक सुन्दर बनेको छ, पुस्तक पढ्दा सिनेमा हेरेको भान हुन्छ।" 

साथै उनले उपन्यासमा  पुरूष पात्रलाई  केन्द्रमा राख्नु सकारात्मक र अन्य उपन्यास भन्दा  फरक पाटो भएको बताइन्। 

परिचर्चा कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डा.गोविन्द भट्टराईले पनि पुस्तक र लेखक तिमिल्सिनाको खुलेर प्रशंसा गरे, साथै पुस्तक पठनयोग्य र उत्कृष्ट भएको बताए । 

उपन्यास परिचर्चामा सहभागीहरूले पुस्तकमा कल्पना भन्दा यथार्थ विषय वस्तु बढी समेटिएकाले उपन्यासमा निवन्धको भाव झल्किएको पनि औँल्याए। 

लेखक तिमिल्सिनाको यसअघि "पुनर्मिलन", "फूल र काँडा", "अन्त्यहिन यात्रा" उपन्यास प्रकाशित भइसकेका छन् ।

साे अवसरमा उपन्यासका लेखक योगेन्द्र तिमिल्सिनाले उपन्यासका कथावस्तु, परिवेश २०२८ तिर भएको बताए । पूर्वी पहाडबाट तराईका उर्वर भू-भाग तथा सुगम सहर हुँदै मानिस कसरी अवसरको खोजिमा आइपुग्छन् लगायतका घटनालाई आधार बनाएर उपन्यास लेखिएको उनी बताउँछन्। साथै उपन्यासमा पुराना पुस्ता, नयाँ पुस्ता दुवैका विषयवस्तु समेटिएकाले आफ्नो उपन्यास सबै वर्गका पाठकका लागि पठनीय भएको  बताए ।

सामाजिक तथा पारिवारिक विषयवस्तु समेटिएको अक्कर उपन्यास लेखक तिमिल्सिनाको चौथो उपन्यास हो। १५० बढी पृष्ठ भएको उपन्यासमा ३८ अध्याय छन् भने उपन्यासको मूल्य २५० रुपैयाँ रहेको छ । लेखक तिमिल्सिनाको यसअघि "पुनर्मिलन", "फूल र काँडा", "अन्त्यहिन यात्रा" उपन्यास प्रकाशित भएका छन्। साथै कथा लेखनमा समेत सक्रिय तिमल्सिनाका "बैंसको निर्वासित सहर","अनन्त आकास" र "तीन धारा" जस्ता कथासङ्ग्रह प्रकाशित भइसकेका छन्।

Logo