प्रशान्त शर्माको उपन्यास ‘ईरा’ सार्वजनिक

प्रशान्त शर्माको उपन्यास ‘ईरा’ सार्वजनिक


लेखक प्रशान्त शर्माको दोस्रो उपन्यास ‘ईरा’ सार्वजनिक गरिएको छ । 

आज काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच समाजशास्त्री डा. शोभा ढुंगाना, सञ्चारकर्मी अच्युत घिमिरे बुलबुल, अभिनेत्री लक्ष्मी बर्देवा, लेखक विवेक ओझा र लेखक शर्मालगायतले सामुहिक रूपमा ‘ईरा’ सार्वजनिक गरेका हुन् ।  

कार्यक्रममा बोल्दै समाजशास्त्री डा. शोभा ढुंगानाले लेखक शर्माले समाजको वास्तविकतालाई उजागर गरेको बताइन् । उनले समाजमा कतिपय पात्रहरूले आज आफ्नो महत्व बुझ्न नसक्नाले शर्माको पुस्तकको पात्र जस्तै बन्न पुगेको भन्दै उपन्यास समाजको वास्तविक ऐनाको रुपमा प्रस्तुत भएको बताइन् ।

त्यस्तै, सञ्चारकर्मी अच्युत घिमिरेले पछिल्लो लेखक शर्मा पछिल्लो पुस्ताका अब्बल लेखकको रुपमा उदाएको बताए । 

अभिनेत्री लक्ष्मी बर्देवाले लेखक शर्मालाई बदाई दिदैँ पुरूष भएर पनि महिलाको विषयमा लेखक शर्माले चित्रण गरेको यथार्थ नै पुस्तकको सबल पक्ष भएको बताईन् । 

कार्यक्रमको समापन गर्दै लेखक शर्माले दुई वर्षको अन्तरालपछि आफुले दोस्रो उपन्यास सार्वजनिक गर्ने दुस्साहस गरेको र यसको राम्रो र नराम्रो पक्षहरू सबै केलाउने जिम्मा पाठकको भएको बताए । उक्त पुस्तकको कभर डिजाइन रसिक राजले गरेका हुन भने वि एन पुस्तकले बजार व्यवस्थापकको जिम्मा लिएको छ । कफी यात्रा प्रडक्सनद्वारा प्रकाशित पुस्तकको मुल्य ४५० तोकिएको छ । शर्माले पहिलो उपन्यास ‘रूखहरूको मृत्यु’ बजारमा ल्याएका थिए । 

Logo