पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको ‘अपराजिता’ लोकार्पण

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको ‘अपराजिता’ लोकार्पण


पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दद्वारा लिखित उपन्यास अपराजिता लोकार्पण भएको छ । शुक्रबार काठमाडौंमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री चन्दद्वारा लिखित उपन्यास अपराजिताको लोकार्पण गरेकी हुन् ।

लेखकले सुदूरपश्चिम क्षेत्रको सामाजिक परिवेश र सशस्त्र द्वन्द्वको समयमा त्यहाँका जनताले भोग्नुपरेको दुःख र पीडाका कथाहरुको मार्मिक रुपमा चित्रण गरेको उनले बताइन् । पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘लोकेन्द्रबहादुर चन्दको सरलता र सादापनबाट आजका पुस्ताका राजनीतिक व्यक्तित्वहरुले धेरै कुरा सिक्न सक्नुपर्छ ।’

पूर्व प्रधानमन्त्री चन्दले भने आफ्नो एउटा उपन्यास लेख्ने धोको भएपनि विगतमा समय अभावका कारण कथामै टुंग्याएको बताए । अहिले उपन्यासको रुपमा प्रकाशित गर्न पाउँदा सन्तोष लागेको सुनाए ।

Logo