धौलाश्री बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालयमा बेनी समाजद्वारा आयोजित लोकार्पण कार्यक्रम निकै भव्य रूपले सम्पन्न भएको थियो । "/>

चन्द्रप्रकाश बानियाँको ‘महारानी’ सार्वजनिक

चन्द्रप्रकाश बानियाँको ‘महारानी’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गत शनिबार लेखक तथा पूर्व सांसद चन्द्रप्रकाश बानियाँद्वारा ऐतिहासिक विषयमा लेखिएको उपन्यास ‘महारानी’ एक कार्यक्रमबीच लोकार्पण गरियो ।

धौलाश्री बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालयमा बेनी समाजद्वारा आयोजित लोकार्पण कार्यक्रम निकै भव्य रूपले सम्पन्न भएको थियो । राष्ट्रियसभामा नेकपाका संसदीय दलको प्रमुख तथा साहित्यकार पूर्व मन्त्री दिनानाथ शर्मा, समालोचक राम लोहनी, समालोचक तथा पत्रकार संगीत श्रोता, लेखक बानियाँ लगायतले पुस्तक लोकार्पण गरेका थिए ।

पुस्तकमाथि बोल्दै प्रमुख अतिथि शर्माले आफू उपन्यासबाट सारै प्रभावित भएको र पर्वत राज्यको विषयमा लेखिएको भएर पनि यसको प्रभाव बढी रहेको बताए । समीक्षक लोहनीले उपन्यासबाट इतिहासको धेरै कुरा खोजिएको र उपन्यासले कुन राजकुमार राजा हुने हो भन्ने विषयले आफूलाई खुल्दुली लागेको बताए । समीक्षक संगीतले आफू जन्मिएको क्षेत्रको इतिहास बारे लेखिएको उपन्यासबाट सन्तुष्टि मिलेको र उपन्यास पढ्ने र इतिहास बुझ्नेको लागि पनि उपन्यास पढ्न सिफारिस गर्दछु भने ।

उपन्यास ३ सय ६८ पेज छ । मूल्य ४ सय ५० रूपैयाँ रहेकाे उपन्यास शिखा बुक्सले बजारमा ल्याएको हाे ।

Logo