विराटनगर । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले प्रकाशन गरेका दुई कृतिको आज यहाँ विमोचन गरिएको छ ।
कवि रमाप्रसाद रिजालद्वारा लिखित ‘कथा एउटा आँगनको’ कविता सङ्ग्रह र स्रष्टा लक्ष्मी श्रेष्ठद्वारा लिखित हाइकु सङ्ग्रह ‘मनका तरङ्गहरू’को एकै साथ विमोचन भएको हो ।
वरिष्ठ साहित्यकार प्रा.डा. गोपाल भण्डारी, प्राज्ञ गंगा सुवेदी, साहित्यकार दधिराज सुवेदी र आयोजक संस्थाका अध्यक्ष विवश पोखरेलले संयुक्त रूपमा ती कृतिको विमोचन गरेका हुन् ।
कवि रिजालको कृतिमा विभिन्न ३८ कविता समेटिएका छन् भने श्रेष्ठको कृतिमा विभिन्न ५०० हाइकु समेटिएका छन् । समीक्षकद्वय कविराज न्यौपाने र हरि कट्टेलले विमोचित कृतिहरूको समीक्षा तथा कवि एवम पत्रकार मीनकुमार नवोदितले कविता सङ्ग्रहमा संकलित कविताको वाचन गरेका थिए । रासस
प्रतिक्रिया