पत्रसाहित्यमा आधारित कृति हजुरबुबाका चिठी सार्वजनिक

पत्रसाहित्यमा आधारित कृति हजुरबुबाका चिठी सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

लेखक हरिबहादुर श्रेष्ठ तथा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेको पत्रसाहित्यमा आधारित कृति हजुरबुबाका चिठ्ठी सार्वजनिक गरिएको छ ।

पुस्तक ख्वप ईन्जिनियरिङ कलेज भक्तपुरमा सार्वजनिक भएको हो । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, साहित्यकार तथा प्राध्यापक राजेन्द्र सुवेदी र लेखक स्वयं लगायतले कृति सार्वजनिक गर्नु भएको हो ।

पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै प्रदेश सांसद सुरेन्द्रराज गोसाँइले श्रेष्ठको कृति नयाँ पुस्तालाई मार्गनिर्देशन गर्ने दस्तावेज भएको बताए । पुस्तकमा ०७१ सालदेखि ०७६ सालसम्मका ३० वटा चिठ्ठी समेटिएको समिक्षक तथा सर्जक हरिहर तिमल्सिनाले बताए ।

पत्र साहित्यमा भारतले नेपालमाथी गरेको नाकाबन्दी, भूकम्प जस्तो दैवीप्रकोपमा पनि राहतमा देखिएको भ्रष्टाचार, कर्तव्यच्युत र भ्रष्ट नेतृत्वप्रति खबरदारी, भारतले बनाएको लक्ष्मणपुर बाँधले नेपाललाई पुर्याएको असर, नीजि मेडिकलमा देखिएको कुरीति, अमेरिकाले विभिन्न देशमा थोपरेको युद्धको दीर्घकालिन असर लगायतबारे चर्चा गरिएको छ ।

त्यस्तै विमस्टेकको नाममा भारतले सैन्य गतिविधिलाई बढावा दिने योजना बनाएको विषयमा समेत चिठ्ठीबाटै उजागर गरिएको छ । मुलुकमा अझै पनि पाषणयुगकै अवशेष बाँकि रहेको विषय समेत पुस्तकमा चिठ्ठी साहित्यबाट प्रकाश पारिएको समिक्षक लक्ष्मण जोशीले बताए ।

विगतमा भारतिय गुप्तचरमा अमेरिकि गुप्तचर भेटिएको र भारतिय गुप्तचरमा सिआईएको घुसपैठ किन र कसरी भईरहेको छ भन्ने जानकारी समेत पुस्तकमा दिईएकाले पुस्तक यो कालखण्डको महत्वपूर्ण दस्तावेज भएको जोशीले बताए । समालोचक राजेन्द्र सुवेदीले पत्रलेखनको शैलीबाट हरिबहादुर श्रेष्ठ उर्फ नारायणमान विजुक्छे रोहितले मैत्री सम्वोधनबाट मुलुकको धेरै विषय उठान गरेको बताए ।

मुलुकको योग्य जनशक्ति अमेरिका गएर उतै पलायन र अर्को एउटा जनशक्ति खाडी मुलुक गएर बाकसमा प्याक भएर आएका जनशक्तिको चिन्ता गर्दै नातिनातिना पुष्तालाई जागरुक बनाउन पुस्तकले सम्वोधन गरेको बताए । कार्यक्रममा प्रमुख अतिथि कृष्णप्रसाद भण्डारीले युवा शक्ति विदेशमा पठाउने हामी आफैं दोषी भएको बताए । पुस्तकले पनि सोहि विषय उठान गरेको उनले जानकारी दिए ।

Logo