मञ्जुलले अतीत सम्झँदै सार्वजनिक गरे ‘सम्झनाका पाइलाहरू’

मञ्जुलले अतीत सम्झँदै सार्वजनिक गरे ‘सम्झनाका पाइलाहरू’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कवि, गीतकार तथा गायक मञ्जुलले गीति-यात्रा संस्मरण ‘सम्झनाका पाइलाहरू’ सार्वजनिक गरेका छन् । नेपालयले संचालन गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी’ मा आफ्ना गीत सुनाउँदै १२ गते सो पुस्तक विमोचन भएको हो ।

नेपाली साहित्यिक र सांगीतिक क्षेत्रमा अलग्गै स्थान लिएको राल्फा अभियानका अगुवा मध्येका व्यक्तित्व हुन कवि मञ्जुल । ुसम्झनाका पाइलाहरूु कवि मञ्जुल र गायक तथा संगीतकार रामेशले पूर्वी नेपालको सांगीतिक यात्रा गर्दाको सम्झनाको संगालो हो । वि.सं. २०४४ सालमा पहिलो पटक प्रकाशित यस पुस्तकलाई पब्लिकेसन्स नेपालयले ‘नेपालय-क्लास्सिक’ अन्तरगत पुनः प्रकाशित गरेको हो ।

आइतबारको पलेँटीमा मञ्जुलले अनुभव बटुलेको उनको विगतको सांगीतिक यात्राको चर्चा भएको थियो । कार्यक्रममा उनले रचना गरेका आठवटा गीतहरू प्रस्तुत भएका थिए । कार्यक्रममा राल्फाकाल र त्यस वरपरको समयको चर्चा भएको थियो ।

पछिल्लो चरणमा मञ्जुलले लेखेका कविता प्रकृतिसँग जनजीवनलाई जोड्दै कलात्मक धारमा हिंडेका पाइन्छन् । कार्यक्रमको अन्तिम चरणका गीत प्रस्तुत गर्नु पहिले मञ्जुल आफ्नो पुरानै शैलीमा भन्दै हुन्छन्- ‘अब गाइने गीत तपाईंहरू धेरैले सुनेका गीतहरू हुन्; हामी सँगै गाउँ है !’ त्यसपछि सबैको आवाजसँगै ‘आर’शाला क्रमशः गुञ्जन्छन् ‘गाइ त बाँध्यो ढुंग्रोमा मोई छैन, गरीबको चमेली बोल्दिने कोही छैन’ । कार्यक्रमको समापन ‘कोही त भने जहाज हरर’बाट भएको थियो ।

मञ्जुलको पलेँटीमा गायनतर्फ मीना निरौला, योगेन्द्र उपाध्याय र आभास तथा वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, प्रकसनमा सुन्दरकुमार महर्जन र गीटारमा सुरज प्रधान रहेका थिए ।

Logo