पुस्तक ‘हेलुसिनेसन’ बारे रुमु न्यौपानेको समीक्षा

पुस्तक ‘हेलुसिनेसन’ बारे रुमु न्यौपानेको समीक्षा


रुमु न्यौपाने पछिल्लो पुस्ताकी एक आशा लाग्दी साहित्यिक प्रतिभा हुन् । हालसम्म साहित्यमा उनले ३ वटा कृति दिएकी छिन् । बिहानीको किरण (कविता संग्रह), आफ्नै छायासँग (कविता संग्रह) र मनपोखरीमा अस्ट्रेलिया (खण्डकाव्य) । साहित्यमा वजनदार कविताहरु पस्किन खप्पिस न्यौपाने आफैमा एउटा ऊर्जाशिल व्यक्तित्व हुन् । आफ्नै जीवन भोगाईलाई समेटिएर लेखिएको खण्डकाव्यले अधिकांश पाठकको मन जितेको मात्र छैन , उत्कृष्टताको उच्चतम नमुना पनि बनेको छ । उनै प्रतिभावान स्रस्टासँग यसपटक हामीले पुस्तकमै केन्द्रीत रहेर सात प्रश्न सोधेका थियौं । उनको जवाफ जस्ताको त्यस्तै:-

१. तपाईंले पछिल्लो पटक कुन पुस्तक पढ्नु भयो ?

मैले पछिल्लो पटक पढेको पुस्तक जी एस पौडेलको  ‘एक सर्को माया’ हो । समय व्यस्तताको कारणले त्यसपछि पुस्तक पढ्ने समय पाएकी छैन।

२. तपाईंले उक्त पुस्तक कसरी छनोट गर्नुभयो ?

उक्त पुस्तक मलाई उज्यालो नेटवर्कका कार्यक्रम संचालक अच्यूत घिमिरेले पढ्नको लागि दिनुभएको थियो ।

३. उक्त पुस्तकको सार के पाउनुभयो ?

त्यसबाट लागूपदार्थमा परेपछि मानिसलाई कस्तो खालको ‘हेलुसिनेसन’ हुने रहेछ भन्ने कुराको सार पाएँ ।

४. उक्त पुस्तकको कुन कुराले छोयो र किन ?

‘हेलुसिनेसन’मा पात्रलाई धेरै कुराको भ्रम परेको थियो । त्यही कुराले छोयो ।

५. पुस्तकमा कुन पक्ष सुधार गर्नुपर्ने लाग्यो ? वा पुस्तकको कमजोरी के पाउनुभयो ?

पूरै पुस्तक हेलुसिनियसनमै सकिएको छ । यथार्थको पाटो पनि देखाएको भए अझ राम्रो हुन्थ्यो ।

६. यो पुस्तकलाई रेटिङ गर्नुपरे २० पूर्णांकमा कति नम्बर दिनुहुन्छ ?

पुस्तकलाई रेटिङ गर्नु परे म २० मा १५ दिन्थें ।

७. हाम्रा पाठकलाई पुस्तक छनोट गर्न के-कस्तो तरिका सुझाउनुहुन्छ ?

पुस्तक छनोट गर्दा कुन विषयमा लेखिएको छ भन्ने कुरामा ध्यान दिनु जरुरी छ । सकेसम्म नयाँ लेखकहरुको पनि पुस्तक पढेर प्रतिक्रिया दिने गरौं ।

प्रस्तुति : ज्ञानमणि नेपाल कालोटोपी / केन्द्रबिन्दु

Logo