कवि कृष्णदेव रिमाललाई सात सवाल

कवि कृष्णदेव रिमाललाई सात सवाल


कवि कृष्णदेव रिमाल सामाजिक विकृति विसङ्गतिप्रति तीखो प्रहार गरेर कलम चलाउँछन् । उनका कवितामा सुधारको चेतना पनि उत्तिकै प्रबल रूपमा आएको हुन्छ । विद्युतकर्मी साहित्य समाजसँग लामो समयदेखि आबद्ध रिमाल अहिले त्यसका अध्यक्ष छन् । उनी अन्य विभिन्न साहित्यिक संस्था एवं गतिविधिमा समेत सक्रिय छन् । उनको कविता संग्रह ‘आखरको आरन’ प्रकाशित छ । फुटकर रूपमा उनले कविताका साथसाथै निबन्ध, कथा, संस्मरण, मुक्तक आदि रचना गरेका छन् । उनै रिमालसँग हामीले यसपटक पुस्तक पठनका विषयमा सात प्रश्न सोधेका छौँ ।

१. तपाईंले पछिल्लोपटक कुन पुस्तक पढ्नुभयो ?

शिवभक्त शर्माकाे धरादी

२. तपाईंले उक्त पुस्तक कसरी छनोट गर्नुभयो ?

अकस्मात । कुनै याेजनाविना नै पढियाे । मेराे पुस्तक छनाेट गर्ने माैलिक तरिका छ ।

३. उक्त पुस्तकको सार के पाउनुभयो ?

नेपाली समाज पाप स्वार्थको पर्याय मात्र होइन । विदेशिएपछि राष्ट्र प्रेम र राष्टियताले ओतप्रोत हुने समाज पनि हो । भन्न खाेजिएकाे छ ।

४. उक्त पुस्तकको कुन कुराले छोयो र किन ?

नेपाली पुर्पुरामा युगौंदेखि आजसम्म अविरल फुलेको दु:खको फूल ।

५. पुस्तकमा कुन पक्ष सुधार गर्नुपर्ने लाग्यो ? वा पुस्तकको कमजोरी के पाउनुभयो ? 

नेपाली ढर्राको लेखन कहिल्यै नसुध्रने भो । सबैले सुख पाएको नरुवाई मजा दिने उपन्यास पढ्न मन छ ।

६. यो पुस्तकलाई रेटिङ गर्नुपरे २० पूर्णांकमा कति नम्बर दिनुहुन्छ ?

१५ दिन्छु ।

७.हाम्रा पाठकलाई पुस्तक छनोट गर्न केकस्तो तरिका सुझाउनुहुन्छ ?

पुस्तक पसल गएर बिचबिचको भिन्दाभिन्दै चार पेजबाट एक एक अनुच्छेद पढ्नुस् मन तानियो भने किनिहाल्नुस् ।

Logo