युवा वर्ष मोती पुरस्कार फूलमान बल र धनकुटे कान्छालाई

युवा वर्ष मोती पुरस्कार फूलमान बल र धनकुटे कान्छालाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

राष्ट्रिय युवा सेवा कोषले यस वर्षको युवा वर्ष मोती पुरस्कार युवा साहित्यकारद्वय फूलमान बल र धनकुटे कान्छा (शङ्कर चापागाईं) लाई दिने निर्णय गरेको छ ।

कोषले २०४२ सालमा स्थापना गरेको मोती पुरस्कार २०७६ का लागि बल र कान्छालाई दिने निर्णय गरेको हो ।

पुरस्कारको राशी ५० हजार नगद, स्वर्ण पदक र प्रमाणपत्र रहेको छ । कोषले मोती पुरस्कार स्थापना कालदेखि नै प्रत्येक वर्ष ४० वर्ष ननाघेका युवा साहित्यकारलाई उक्त पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

Logo