‘संसदमा केपी शर्मा ओली’ पुस्तक लोकार्पण

‘संसदमा केपी शर्मा ओली’ पुस्तक लोकार्पण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगका विभिन्न घटना प्रसंग संगृहीत पुस्तक ‘संसदमा केपी शर्मा ओली’ प्रकाशित भएको छ ।

राजधानीमा मंगलबार आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पुस्तकको लोकार्पण गर्दै उक्त कृति भावी पुस्ताका लागि विगत नियाल्ने आँखिझ्यालको रुपमा रहेको बताएकी छन् । पुस्तकमा प्रतिनिधि सभा, संसद र संविधान सभामा राखेका ओलीले राखेका विचारहरु समेटिएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले पुस्तक इतिहास अध्ययनको स्रोत बन्न सक्ने बताइन । उनले भनिन्, ‘आज लोकार्पण गरिएको पुस्तक नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रजातन्त्रको पुनःस्थापनापछि तीन दशकको अवधिमा निर्वाचित जनप्रतिनिधिका रुपमा सांसद, मन्त्री र प्रधानमन्त्रीका हैसियतले संसद तथा संविधान सभालाई गर्नु भएका सम्बोधनहरुको एक बृहत् अभिलेख हो । केपी शर्मा ओलीले प्रतिनिधि सभा, संसद र संविधान सभामा राख्नु भएका विचारहरु यस पुस्तकमा समेटिएका छन् । यस्ता अभिलेखहरु भावी पुस्ताको लागि विगत नियाल्ने आँखिझ्याल र इतिहास अध्ययनको स्रोत बन्न सक्छन् ।’

पुस्तकले नेपालको संसदको इतिहास, तत्कालिन राजनीतिको अवस्था र परिवर्तनका सम्बन्धमा एमालेले खेलेको भूमिकालाई पनि उजागर गरेको उनले बताइन् । उनले ओली सबैका लागि प्रेरणा र ज्ञानका स्रोत भएको भन्दै पुस्तकमा उल्लिखित सन्दर्भ संकलक एवं सम्पादक सानुमाया खड्कालाई लगायतलाई धन्यवाद दिइन् ।

Logo