जयदेव गौतमको दोस्रो निबन्धकृति ‘ती नीला आँखा’ सार्वजनिक

जयदेव गौतमको दोस्रो निबन्धकृति ‘ती नीला आँखा’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

पत्रकार तथा निबन्धकार जयदेव गौतमको दोस्रो निबन्धकृति ‘ती नीला आँखा’ सार्वजनिक भएको छ । नेपाल स्रष्टा समाजको आयोजना भएको एक कार्यक्रमका बीच उक्त कृति सार्वजनिक गरिएको हो ।

साझा प्रकाशनद्वारा प्रकाशित ‘ती नीला आँखा’ भित्र २१ निबन्ध समेटिएको छ । निबन्धकार गौतमको यसअघि २०६७ सालमा ‘लक्ष्मण रेखाकाका दासहरु’ निबन्धसंग्रह प्रकाशित भएको थियो ।

कार्यक्रममा साहित्यकार प्रमोद प्रधानले कृतिले व्यापक विषय र क्षेत्र समेटेको भन्दै लेखक गौतमको प्रशंसा गरे । साथै गौतमले अस्वस्थ हुँदा-हुँदै पनि यो निबन्ध कृति ल्याएको भन्दै उनले एउटा सर्जकले जुनै अवस्थामा पनि सिर्जना गर्ने पनि बताए ।

त्यस्तै, निबन्धकार तथा समालोचक डा. रजनी ढकालले कृतिभित्रका निबन्धहरूका विभिन्न आयामबारे चर्चा गर्दै त्यसका सबल र सुधार्नुपर्ने सन्दर्भहरुका बारेमा धारणा राखिन् ।

नेपाल स्रष्टा समाजका अध्यक्ष तथा निबन्धकार श्रीओम श्रेष्ठले अस्वस्थ अवस्थामा पनि निबन्धकृति प्रकाशन गरेकोमा गौतमको निबन्धकारिताको प्रशंसा गरे । कार्यक्रममा नेपाल सरकारका सहसचिव राजेन्द्र थापाले निबन्धकार गौतमको व्यक्तित्वमाथि प्रकाश पारेका थिए ।

Logo