गजलकार विष्टको गजल संग्रह ‘प्रसिद्धी’ सार्वजनिक हुँदै

गजलकार विष्टको गजल संग्रह ‘प्रसिद्धी’ सार्वजनिक हुँदै

केन्द्रबिन्दु
602
Shares

काठमाडौं । नेपाली साहित्यको गजल विधामा कमल चलाउँदै आएकी गजलकार सुशीला विष्टको पहिलो गजल संग्रह ‘प्रसिद्धी’ सार्वजनिक हुने भएको छ ।

बहरमा लेखिएका गजलहरु समेटिएको उक्त गजल संग्रह आगामी चैत्र २४ गते शनिबार सार्वजनिक हुन लागेको हो । गजल संग्रह शनिबार धुलिखेलको २८ किलोस्थित शब्दयात्रा प्रकाशनको सभाकक्षमा औपचारिक कार्यक्रमकाबीच सार्वजनिक हुनेछ ।

विष्टको संग्रहमा महिला जागरण, प्रेम, हर्ष लगायत जीवनका उतारचढावलाई गजलमार्फत उतारिएको छ । ९६ वटा गजल समेटिएको संग्रहको मूल्य रु. दुई सय रुपैयाँ तोकिएको छ ।

Logo