काठमाडौँ–कलिङ साहित्य महोत्सव सुरु

काठमाडौँ–कलिङ साहित्य महोत्सव सुरु

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले सांस्कृतिक गतिविधिहरूले मानव सबैलाई जोडेको बताएका छन् । शनिबार ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ तेस्रो संस्करणको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सांस्कृतिक अन्तरक्रियाले संसारलाई जोडेर बाँधेको बताएका हुन् ।

उनले भने, ‘यो सांस्कृतिक अन्तरक्रियाहरूले सांस्कृतिक सम्मेलनको गतिविधिले मानव मानवमा जोडिने अथवा सारा संसारलाई जोडेको हुन्छ । यस्ता सांस्कृतिक सम्मेलनहरूको माध्यमबाट दक्षिण एशियाली देशहरूलाई जोडिरहेका हुन्छौँ ।’ साथै उनले राज्यको उत्पत्तिले देशभित्र रहेका अन्य सांस्कृतिक समुदायलाई दवाबमा राखेको बताए । उनले दवाबमा रहेका सांस्कृतिक समुदायलाई सबैले एक आपसमा जोडेर सभ्य समाज बनाउनुपर्ने बताए ।

महोत्सवको तेस्रो संस्करण शनिबारदेखि सुरु भएको हो । ललितपुरको होटल हिमालयमा दुई दिनसम्म चल्ने महोत्सवको उद्घाटन भारतीय राजदूतावासका डेप्युटी चिफ अफ मिसन प्रसन्न श्रीवास्तव, प्रज्ञा प्रतिष्ठानका राई, लेखक भुवन ढुंगाना लगायतले गरेका छन् ।

महोत्सवमा तीनसय बढी लेखकहरूको सहभागिता रहने जनाइएको छ । महोत्सवमा तीनवटा हलमा ६० बढी सत्रहरू चल्ने जनाइएको छ ।

Skip This
Skip This
Logo