काठमाडाैं ।
कता हो टाढा
देख्दै छु क्षितिजमा
आकृति तिम्रो !
नेपाली गीतसंगीतको दुनियाँमा लोकप्रिय गायक सत्यराज आचार्यद्वारा सिर्जित ‘१४ फागुन’ हाइकु विमोचन भएको छ ।
बिहीबार अर्थात् आज फागुन १४ गतेका दिन उक्त किताबको विमोचन गरिएको हो । किताब दाजु–भाई सत्यराज र स्वरुप आचार्यका छोरा संगित र सर्गम आचार्यले विमोचन गरेका हुन् । भजन शिरोमणि भक्तराज आचार्यको वार्षिक पुन्य तिथिको अवसर पारेर उक्त हाइकु बजारमा ल्याइएको हाे ।

विमोचनका अवसरमा लेखक आचार्यले आफूले यो सिर्जना निकै मिहिनेतका साथ गरेको बताए । ‘हामीले जुन कल्पना लिएर यो किताबको तयार गरेका छौं, त्यो भन्दा राम्रो हुन्छ भन्ने पनि अपेक्षा लिएका छौं ।’ उनले भने ।
यसैगरी विमोचनका क्रममा कवि विप्लव प्रतीकले १४ फागुनमा धेरै राम्रो विषयहरू समावेश भएको बताए । ‘सत्यराजबाट म पनि प्रेरित छु, उहाँले तयार पारेका पुस्तिकाहरू निकै सन्देशमूलक पनि हुन्छन्’ उनले भने ।






























प्रतिक्रिया