काठमाडौं । छहरा साहित्य समाज, धापासीले कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । ह्वाइट माउन्टेन स्कुल टोखा–६, काठमाडौंमा आयोजित सो कार्यक्रममा उपस्थित कविहरुले विविध विषयका समसामयिक चेतका कविता वाचन गरेका थिए । संस्थाका अध्यक्ष साहित्यकार योगेन्द्र तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वरिष्ठ कवि प्रा. नारायणप्रसाद कट्टेल प्रमुख अतिथि थिए ।
कार्यसमितिका सचिव भोला प्रेमीले सञ्चालन गरेको सो कार्यक्रममा कार्यसमितिका सदस्य डा. बासुदेव काफ्लेले स्वागत मन्तव्य दिएका थिए ।
सो कविता वाचन कार्यक्रममा मधु श्रेष्ठ, रमा शर्मा, तोया गौतम, भगवती सापकोटा, डा. वासुदेव काफ्ले, आनन्द पौड्याल, तिलक शर्मा पौडेल, भोला प्रेमी, गरिमा पोखरेल आदि कविहरुले विभिन्न रङ्ग, रस र स्वादका कविताहरु वाचन गरेका थिए ।
प्रा. गङ्गाधर कट्टेलले ‘कविताको परिभाषा’ शीर्षक कविता, बाल कवयित्री सारा तिमिल्सिनाले ‘भोक’ शीर्षक कविता तथा प्रा. नारायण प्रसाद कट्टेलले आफ्नो ‘छहरा’ शीर्षक कविता वाचन गर्दै गोष्ठीमा वाचन भएका अन्य कविताहरुको समीक्षा समेत गरेका थिए ।
मिता पाण्डे, मञ्जु नेपाल, रीतिका शर्मा, मानसी खतिवडा तथा आदिश्री खतिवडा असल श्रोताको रुपमा कार्यक्रममा उपस्थित थिए । संस्थाका कोषाध्यक्ष आनन्द पौड्यालले उपस्थित साहित्यानुरागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
अन्त्यमा समाजका अध्यक्ष योगेन्द्र तिमिल्सिनाले आफ्नो एक कविता वाचन गरी कार्यक्रम समापनको घोषणा गरेका थिए ।































प्रतिक्रिया