म
झरिमा रुझेका आँखाहरु झैं
विक्षिप्त थिएँ
तिमी परेलीको डिलमा
हेमलक झैं विषाक्त थियौ !
म सुन्छु तिम्रो आवाज
म सम्झन्छु मेरो मौनता
तिमी सधैं
तृप्त छौ…!
मेरो करुणाले सधैं मलाई
बल्झाइरहन्छ
एउटा अप्रत्याशित सत्यभित्र !
म आफैंलाई
प्रश्न गर्छु- किन सक्दिन मौन बस्न ?
बाडुलीभित्र एकलौटी भएका छ्न्
यादहरु !
छायाँले झैं पछ्याइरहन्छ
अपमान र अल्पमतले !
बेखबर भएका नदी किनारहरु
र विधवा भएकी
ए ! कालिगण्डकी
तिम्रो रहरले जहर पिएँ !
तिम्रो आबेगले बगर भएँ !
फिरफिरे र जुनकीरी
अनि ति कलेटी परेका ओठहरु
अथवा
लिलामी यादहरुले…!
टुलुटुलु किन हेरिरहन्छन्
मोनालिसाको तस्वीर झैं…?
-दिपक थापा
अरूण -७ मैदाने भोजपुर































प्रतिक्रिया