काठमाडौं ।
जब फेरिन्छ प्रेमको रङ्ग
तब लाग्छ इन्द्रेणी रहर बेरङ्गी
हुन्छ प्रेमिल कोकिलकण्ड झर्रो
आउँदैन स्वाद कुनै बोलीमा
तीता शब्दका तीखा वचनमा रेटिन्छ एउटा मुटु ।
कतै फुल्छ श्वास र फुल्छ कतै गर्धन
ओइलिदिन्छ फूल्दै गरेको मनको बाग
छर्दैन हृदय आफ्नोपनको सुवास
भेटिँदैन स्वासमा आत्मियताको वासना
र
आत्महत्या गर्छन् स्वैरकल्पनाहरु
एउटा विछिप्त दिलको क्यानभासमा
गहिरो स्पर्श, तृप्ती र सामिप्यताहरु
जब सोच छ एक भैदिन्छ अनेक।
सौर्यदीप जस्तै उज्याला रहरमा
कुनै अन्ध मस्तिष्कको चन्द्रग्रहण लागे
कोही
हराउँछन् शहरमा
शहर त्यसै पापी रहेनछ गीतकारले भने जस्तै
साच्चिकै अधर्मीहरु बबाल गर्दा रहेछन्।
न हुन्छ कसैलाई सोचेको
न पुग्छ कसैलाइ घोचेको
मान्छे बनाउनेले किन बनायो
लोभी आँखा पापी मन ?
किन बनाएन
मन मुटु र मस्तिष्क उस्तै
कोही किन एउटा सोच्छ, एउटा ज्यूँछ र एउटा गर्छ ?































प्रतिक्रिया