काँकडभिट्टा
भारतीय नेपाली भाषी साहित्यकार इन्द्र बहादुर राईको मंगलबार भारतको दार्जिलिङमा निधन भएको छ । ९१ वर्षीय राई लामो समय देखि विरामी थिए । "/>

साहित्यकार इन्द्र बहादुर राई रहेनन्

साहित्यकार इन्द्र बहादुर राई रहेनन्

केन्द्रबिन्दु
0
Shares

काँकडभिट्टा
भारतीय नेपाली भाषी साहित्यकार इन्द्र बहादुर राईको मंगलबार भारतको दार्जिलिङमा निधन भएको छ । ९१ वर्षीय राई लामो समय देखि विरामी थिए । गत २७ अगष्टमा श्रीमती मायादेवीको देहावसान पछि राई पनि थलिएका थिए । 

राई नेपाली साहित्यको तेस्रो आयामका अभियान्ता मध्ये एक हुन् । वैरागी काइँला, ईश्वरबल्लभ र राई मिलेर २०२० दशकमा तेस्रो आयाम नामक प्रयोगवादी साहित्यिक अभियान प्रारम्भ गरेका थिए। एक हप्ताअघि मात्र सिलगुडी घरबाट साहित्यकार राई दार्जिलिङको घरमा पुगेका थिए। दार्जिलिङमा जाडो हुने हुँदा उनको परिवार जाडो मौसममा लिगुडी र गर्मी मौसममा दार्जिलिङ बस्दै आएको थियो।

१९८४ साल माघ १७ गते दार्जिलिङको बालासनमा जन्मिएका राईको पहिलो कृति सन् १९६१ मा ‘विपना कतिपय’ प्रकाशित भयो । सन् १९५८ मै लेखि सिध्याएको उपन्यास ‘आज रमिता छ’ १९६४ मा प्रकाशित भयो । उनको पछिल्लो कृति ‘सम्पुरक’ हो । गत वर्ष राईलाई त्रिभुवन विश्वविद्यालयले मानार्थ विद्यावारिधी सम्मान गरेको थियो । नेपाली कथाक्षेत्रमा महत्वपूर्ण योगदान दिएका राईको बुधबार जातीय संस्कार अनुसार अन्त्येष्टी गरिने बताइएको छ ।

 

Logo