तिमीलाई चोट दिएर हेरुँ मेरो मान्छे ?

तिमीलाई चोट दिएर हेरुँ मेरो मान्छे ?

केन्द्रबिन्दु
54
Shares

गजल
अतीत अक्सर हाम्रो सम्झनामा हुन्छ।
एउटा तस्बिर हुन्छ,जो आँखामा हुन्छ।।
तिमीलाई चोट दिएर हेरुँ,मेरो मान्छे?
लुकेको एउटा आवाज ढुङ्गामा हुन्छ।।
बैशाखी दिएर मेरो हौसला कम नगर।
मेरो विश्वास त मेरो खुट्टामा हुन्छ।।
भाग्यमा नभएको कुरा मनले माग्छ।
यस्तो जिद्दीपना केबल बच्चामा हुन्छ।।
प्रिय बुझ्यौ होला नि अब त तिमीले।
सबैभन्दा बढी पीडा मौनतामा हुन्छ ।।
अदिती अर्याल ज्ञवाली,काठमाण्डौं ।

Skip This
Skip This
Logo