बैगुनीलाई गुनले मारेर

बैगुनीलाई गुनले मारेर

केन्द्रबिन्दु
18
Shares

माथि उठाइदिनेलाई
तल पार्छ कालो नियत र खराव मष्तिस्कले
विर्सन्छ,आफू चढेको काँध
क्षणिक दम्भ,चुतिया व्यवहार र बकम्फूसे रवैयाले
भरोसामा आगो लगाएर।

खुरापाती र चाप्लुसीमा
अरुको टाङमुनीबाट
बडो स्वाभिमानको शिर ठडाउनेले
नूनको सोझोमा के देख्छ,
र के खान्छ
मैले भन्नु पर्दैन।

टिठ लागेर आउँछ
कोही पात्र नचाहेर पनि कवितामा

राख्छ अर्थ डिप च्यालेञ्जर भन्दा माथिको।

विश्वास दिनु मेरो पहिचान हो
तर
घात गर्नु उसको आदत
सबभन्दा गहिरो चोट त्यहाँ लाग्दो रहेछ जहाँ घाउ देखिन्न न दाग नै
तर
अमिट बन्दोरहेछ ।

बढ्नुछ अगाडि मान्छे चिनेर
थाहा छ
समय कसैको बसमा हुँदैन

फेर्नुछ धोको
वैगूनिलाई गूनले मारेर ।
-एन पि घायल

Skip This
Skip This
Logo