काठमाडौं, ३, माघ
केन्द्रविन्दु समाचारदाता

काभ्रे जिल्लाका सहकारी अभियान्ता दीपक प्रसाद पौडेलले आफ्नो दोस्रो पुस्तक बजारमा ल्याएका छन् । "/>

पुस्तक समिक्षा : संस्मरणमा जेल जीवन

पुस्तक समिक्षा : संस्मरणमा जेल जीवन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ३, माघ
केन्द्रविन्दु समाचारदाता

काभ्रे जिल्लाका सहकारी अभियान्ता दीपक प्रसाद पौडेलले आफ्नो दोस्रो पुस्तक बजारमा ल्याएका छन् । पहिलो सहकारी सम्बन्धि खोज र अनुसन्धानमुलक पुस्तक प्रकाशन गरेका पौडेलले यसपटक अलि फरक प्रकारको पुस्तक पाठक सामु पस्किएका हुन् । सबै पुस्तकहरु साहित्य विधाका मात्र हुँदैनन् । कथा, कविता, निवन्ध र उपन्यास इतरका पनि पुस्तक हुन्छन् । लेखकहरुले तिनीहरुलाई विभिन्न तरिकाले प्रस्तुत गर्छन् । कुनै संस्मरण हुन्छन् , कुनै अनुभव, अनुभूति र दैनिकी पनि हुन्छन् । पौडेलको यो पुस्तक संस्मरण हो ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा लामो समय विताएका पौडेलले नेपालको लोकतन्त्र र स्वतन्त्रताका लागि पनि समय खर्चिएका छन् । समाजमा विद्यमान अन्याय, अत्याचार र विभेद प्रति भित्रै देखि विद्रोहमा उत्रने पौडेल सानै उमेरमा प्रजातान्त्रिक आन्दोलन प्रति समर्पित थिए । यसैक्रममा वि.सं. ०६० देखि ०६३ सम्म नेपालमा भएको राजनितीक अस्थिरता र आन्दोलनमा उनको पनि उत्साहजनक सहभागिता रहेको थियो । प्रस्तुत पुस्तकमा उनले त्यसबेला आफूले भोगेका विभिन्न घटनाहरुलाई शिलशिलाबद्ध रुपमा उतारेका छन् ।  यसैक्रममा तत्कालिन राजा ज्ञानेन्द्रले जनता माथि जर्बजस्ती लादेका निरंकुशताका विरुद्ध लेखक पनि आन्दोलनमा थिए । आन्दोलनकै क्रममा तत्कालिन सरकारले उनलाई पक्राउ गरि खरिपाटी जेलमा ४३ दिन सम्म कठोर तरिकाले थुनेर राख्यो । जतिबेला देशमा तत्कालिन राजा ज्ञानेन्द्रको निरंकुशता विरुद्ध देशभरिबाट नागरिकहरुले विद्रोह गरिरहेका थिए । ०६१ फागुन ७ गते देखि चैत २० गते सम्म उनी लगायत सयौं प्रजातान्त्रिक योद्धाहरु बन्दी जीवन विताइरहेको अवस्थालाई लेखक पौडेलले यस पुस्तकमा जस्ताको त्यस्तै पारेर उतारेका छन् ।

पुस्तक पढिरहँदा त्यतिबेलाको झल्को पुनः मानसपटलमा फर्केर आउँछ । प्रत्येक दिनमा के भयो, कसले के भने, आन्दोलन किन गरियो , त्यसपछि के भयो भन्ने खालका चरणबद्ध घटनाक्रमहरुले उनको पुस्तकमा प्रवेश पाएका छन् । ऐतिहासिक दस्तावेजकै रुपमा लिन सकिने यस पुस्तकलाई शोधपत्र लेख्दै गरेकाहरुले राम्ररी अध्ययन गर्ने हो भने पक्कै उनीहरुले सफलता पाउने छन् । त्यति मात्र नभएर जो सुकै पाठकले पनि यसबाट नौलोपना मात्रै पाउँदैनन् , तत्कालिन जनआन्दोलनको पृष्ठभूमि पनि प्रष्टै देख्नेछन् । उनी व्यवसायिक लेखक त होइनन् , तर उनले जुन् लेखाई प्रस्तुत गरेका छन् त्यसले पौडेलको लेखकिय कलालाई पनि निकै रोचक तरिकाले प्रष्ट्याएको छ । कृषि, सहकारी, दुग्ध उत्पादन लगायतका क्षेत्रमा आफ्नो अधिकांश जीवन सर्मपण गरेका पौडेलको यस पुस्तकलाई बौद्धनाथ प्रिन्टर्स, नयाँ बानेश्वरले बजारमा ल्याएको हो । संग्रहणिय यसको मुल्य ५ सय रुपैयाँ राखिएको छ ।

Logo