साहित्यकार कविताराम श्रेष्ठको निधन

साहित्यकार कविताराम श्रेष्ठको निधन

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ३ मंसिर ।

नेपाली साहित्यका एक स्थापित हस्ती डा।कविताराम श्रेष्ठको निधन भएको छ । उनी पछिल्ला केही समयदेखि रक्तक्यान्सर रोगबाट पीडित थिए । उनी ७० वर्षका थिए ।

हाल उनी रहेको स्थान बेलायतबाट उनको दुखद निधनको समाचार उनका नजिकका मित्र कथाकार शैलेन्द्र साकारले पुष्टि गरेका हुन् ।

नोभेम्वर १५ तारीखका दिन आफ्नो फेसबुकमा अन्तिम दुई शब्द ‘अहं ब्रम्हास्मी !’ लेखेर आफ्नो मृत्युको पूर्वाभास गरिसकेका साहित्यकार श्रेष्ठ केही समयअघिदेखि सघन उपचार कक्षमा चिन्ताजनक स्थितिमा थिए ।

एक वर्षअघि उनीलाई ब्लडक्यान्सर भएको ज्ञात भएको थियो ।

स्व श्रेष्ठका कालो कथा, मुक्ति प्रसङ्गका अस्वीकृत कथाहरू, विघटन आदि कथा, उपन्यासहरू प्रकाशित छन् ।

प्रगतिशील साहित्यकारका रूपमा स्थापित कविताराम नेपाली साहित्यमा कुनै बेला बुट पालिस अभियानमा संग्लग्न रहँदै हाल अस्वीकृत जमातका अग्रणीको रुपमा थिए ।

Logo