काठमाडौं, १७, भदौ

पाको पुस्ताका महिला साहित्यकारहरु वीच पुराना कुराहरुको अनुभूती साटासाट गर्ने कार्यक्रम सम्पन्न भएको छ । "/>

अग्रज महिला साहित्यकार वीच अनुभूती साटासाट

अग्रज महिला साहित्यकार वीच अनुभूती साटासाट

केन्द्रबिन्दु
0
Shares

 

काठमाडौं, १७, भदौ

पाको पुस्ताका महिला साहित्यकारहरु वीच पुराना कुराहरुको अनुभूती साटासाट गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

आव्हान समुहको आयोजनामा आज मार्टिन चौतारी थापाथलीको सभाहलमा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा वरिष्ठ महिला साहित्यकारहरु माया ठकुरी, जलेश्वरी श्रेष्ठ र उषा शेरचनले आफ्नो पालामा साहित्यलेखनको समयमा भोगेका विविध पक्षहरु नयाँ साहित्यकारहरु विच एकआपसमा साटासाट गरेका थिए ।  अनुभूति साटासाट गर्ने क्रममा त्यतिबेलाको समाज, परिवेश र वातावरण अहिले भन्दा निकै कठिन रहेको सहभागी सबैको भनाई थियो । निकै दुःख झेलेर पनि साहित्य श्रृजना गर्नु युद्ध जिते भन्दा ठूलो उपलब्धि भएको साहित्यकार माया ठकुरीले बताइन् । आफ्ना अनुभूतिहरु बताउने क्रममा उनी निकै भावुक देखिन्थिन् । भक्कानिएर उनले आफ्ना दुःखहरु बताइरहँदा सभाहल केहिबेर सुनसान बनेको थियो ।

त्यस्तै जलेश्वरी श्रेष्ठले पहिलेका साहित्यकारहरु त्यसमा पनि महिलाहरुलाई निकै चुनौती भएको र त्यतिबेलाको तुलनामा अहिले खासै समस्या नभए पनि पछिल्ला दिनहरुमा महिलाहरु साहित्य लेखनमा कमै मात्र लाग्न सकेको प्रति चिन्ता व्यक्त गरिन् । आफू सानै देखि विद्राही स्वभावको भएकाले मात्र त्यतिबेला सफल बन्न सकेको उनको अनुभव थियो । त्यस्तै अर्की साहित्यकार उषा शेरचनले पनि महिला र पुरुष साहित्यकारमा भेदभाव रहेको र त्यस्तो भेदभाव अन्त्य हुनु पर्ने अनुभव व्यक्त गरिन् । ‘सजिलोमा जसले पनि लेख्न सक्छ, तर असजिलोमा लेख्न सक्नु महान कुरा हो’ – शेरचनको भनाई थियो । कार्यक्रममा समालोचक ज्ञानु अधिकारीले अबका नारी स्रष्टाहरुले हस्तक्षेपकारी भूमिका निभाउन जरुरी रहेको विचार व्यक्त गरिन् । कार्यक्रममा कथाकार राजेन्द्र पराजुली, पत्रकार यशोदा तिम्सिना, रामेश्वरी पन्त लगायतको उपस्थिती रहेको थियो । आव्हान समुहले हरेक महिना साहित्यिक कार्यक्रमहरु गर्दै आएको छ । 

Skip This
Logo