नारायणगोपाल स्मृति विशेषाङ्क “बागीना” बजारमा

नारायणगोपाल स्मृति विशेषाङ्क “बागीना” बजारमा

केन्द्रबिन्दु
0
Shares

नारायणगोपालबारे विशिष्ट ७० व्यक्तित्वहरूको संस्मरण सँगालो “बागीना”लाई अजम्बरी पब्लिकेसनले हालै बजारमा ल्याएको छ । 

“बागीना”नारायण गोपाल दिवङ्गत भएलगत्तै नारायण गोपाल सङ्गीत कोषद्वारा प्रकाशित स्मृति विशेषाङ्क हो । अजम्बरी पब्लिकेसनले पुनःप्रकाशनमा ल्याएको यस विशेषाङ्कमा नारायणगोपालसँगै सङ्गत गरेका देशका विशिष्ट व्यक्तित्वहरूका आलेखहरू समावेश छन् ।

“‘बागीना– नारायण गोपाल स्मृति अङ्क’को दोस्रो संस्करण प्रकाशित हुँदैछ भन्ने कुराले मलाई आह्लादित र रोमाञ्चित दुवै थरी अनुभूति गराइरहेको छ ।”, बागीनाका कार्यकारी सम्पादक रमण घिमिरे भूमिकामा लेख्छन्, “नारायणगोपालले सम्पादन गरेको बागीनालाई कालान्तरमा नारायणगोपालकै स्मृति समेटेर प्रकाशन गर्नु पर्ला भन्ने सायद कसैले सोचेको थिएन । तर सोचेजस्तो सबै कहाँ हुन्छ र ! नसोचेकै भएपनि एउटा उल्लेखनीय काम भयो ।”

यस नारायणगोपाल स्मृति विशेषाङ्कमा अनिल पाण्डे, अम्बर गुरुङ, अभि सुवेदी, आशाभोसले, ओम गुरुङ, कमलदीक्षित, कर्म योञ्जन, कालीप्रसाद रिजाल, किशोर नेपाल, कृष्णचन्दसिंह प्रधान, गोपाल योञ्जन, गोविन्दगिरी प्रेरणा, चतुर्भुज आशावादी, चन्द्रराजशर्मा, चेतनाकार्की, जीवनाथधमला, तारादेवी, तुलसा घिमिरे, दिनेश अधिकारी, दिव्यखालिङ, डा. दीर्घसिंह बम, धुँस्वा सायमि, डा. ध्रुवचन्द्र गौतम, नगेन्द्र थापाले आफ्ना विचार राखेका छन् । 

यस्तै  नारायण ढकाल, पेमला गुरुवाचार्य, प्रचण्ड मल्ल, प्रदीप भट्टराई, प्रदीप रिमाल, प्रेमध्वज प्रधान, बसन्तकुमार चौधरी, बसन्तश्रेष्ठ, बुलु मुकारुङ, भरत शाक्य, भवानी घिमिरे, भीमनिराग, भूपेन्द्र रायमाझी, भैरवनाथ रिमालकदम, मदकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, मनुजबाबु मिश्र, माधव घिमिरे, माधव ढुङ्गेल, यादव खरेल, यादवमणि खरेल, मा. रत्नदास प्रकाश, रत्नशमशेर थापा, रनजीत गजमेर, रुद्रराज मास्के, रमण घिमिरे, रविन नेपाली, रामशरण दर्नाल, लक्ष्मण सिटौला अनन्त, लक्ष्मीनाथ शर्मा, लोचन भट्टराई, डा. वानीरा गिरि, वविता शशी, विजयकुमार, विनोद दीक्षित, डा. विश्वम्भर प्याकुरेलले पनि नारायणगोपालका बारेमा चर्चा गरेका छन् ।

Skip This
Skip This
Logo