‘मदन पुरस्कार- २०७८’ का लागि छनाेट भएका ८ पुस्तक

‘मदन पुरस्कार- २०७८’ का लागि छनाेट भएका ८ पुस्तक

केन्द्रबिन्दु
0
Shares

मदन पुरस्कार २०७८ को लागि सर्वश्रेष्ठ ८ पुस्तक छानिएका छन् ।

यसवर्षकाे पुरस्कारका लागि गुठीलाई प्राप्त भएका २९९ पुस्तकमध्ये बढीमा १० पुस्तक छनाेट गर्न बनेकाे समितिले ८ पुस्तक छनाेट गरेकाे मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन्।

उनका अनुसार छनाेट भएका ८ पुस्तकमध्ये एउटा पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा मदन पुरस्कार-२०७८ अर्पण गरिने छ।

डा. नवराज लम्सालकाे ‘अग्नि’
डा. दामोदर पुडासैनी ‘किशोर’काे ‘ग्रीष्मको नीलो बतास’
वसन्त बस्नेतकाे ‘महाभारा’
दिपा मेवाहाङ राईकाे ‘यादको सन्दुक’
डा. नयनाथ पौडेलकाे ‘लिच्छवि लिपि’
प्रा. नीलमणि ढुङ्गानाकाे ‘व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश’
सुजित मैनालीकाे ‘सती: इतिहास र मीमांसा’
पद्मसुन्दर जोशीकाे ‘हिति प्रणाली’


 

Logo