राप्रपा नेपाल महोत्तरीले गठबन्धन प्रक्रिया अगाडि बढायो, १४ वडामा दाबी

राप्रपा नेपाल महोत्तरीले गठबन्धन प्रक्रिया अगाडि बढायो, १४ वडामा दाबी

केन्द्रबिन्दु
0
Shares

राप्रपा नेपाल महोत्तरीले नेकपा एमालेसँगको गठबन्धन गर्ने प्रक्रियालाई अगाडि बढाएको छ। राप्रपा नेपालले सूर्य चिह्नमा नै निर्वाचन लड्ने सहमति जनाएपछि एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालले महोत्तरीमा पनि गठबन्धन प्रक्रियालाई अगाडि बढाएका हुन्।

जिल्लामा संगठनिक संरचनाको हिसाबले राप्रपा नेपाल निक्कै पछाडि छ। अघिल्लो निर्वाचनमा उक्त पार्टीले जलेश्वर नगरपालिका-१० मा विजयी हासिल गरेको थियो।

अहिले राप्रपाबाट फुटेर राप्रपा नेपाल बनेपछि राजेन्द्र लिङ्देनले नेतृत्व गरेको राप्रपाभन्दा कमल थापाले नेतृत्व गरेको राप्रपा नेपाल खुम्चिएको छ। राप्रपा नेपाल महोत्तरीका अध्यक्ष यनिखर गौतमका अनुसार महोत्तरीका विभिन्न पालिकामा गरि २८ वटा वडाहरूमा संगठनिक संरचना बलियो छ।

जिल्लाको बल्वा नगरपालिकाअन्तर्गत वडा न. ५ र ६, पिपराको वडा न.५ र ६, जलेश्वर नगरपालिकाको वडा न.१०, बर्दिबास नगरपालिकाको ४,५, १२,१३ र १४, गौशाला नगरपालिकाको वडा न.१ र ७, सम्सी गाउँपालिकाको वडा न.१ र ३, मनरासिस्वाको ३,६ र ७, मटीहानीको वडा न.२ र ३, एकडाराको वडा न.३ र ५, रामगोपालपुरको वडा न.५ र ६, लोहारपट्टीको वडा न.४ र ५, सोनामाको वडा न.२ र ५ मा संगठनिक संरचना बलियो भएको राप्रपा नेपाल महोत्तरीले जनाएको छ।

बलियो भएका वडाहरूमध्ये १४ वटा वडाहरूमा आफ्नो भागमा हुनुपर्ने राप्रपा नेपालले दाबी गर्दै आएको छ। अघिल्लो निर्वाचनमा जलेश्वर नगरपालिका वडा न.१४ जितेको तत्कालीन राप्रपाले अहिले राप्रपा नेपालले भने जलेश्वरमा उपमेयरको नै दाबी रहेको बताएको छ।

Skip This
Skip This
Logo