मधेश प्रदेशका सिट बाँडफाँट गर्न सत्तारुढ गठबन्धन दललाई सकस

मधेश प्रदेशका सिट बाँडफाँट गर्न सत्तारुढ गठबन्धन दललाई सकस

केन्द्रबिन्दु
0
Shares

मधेश प्रदेशमा चुनावी तालमेल गर्न सत्तारुढ गठबन्धनलाई सकस भएको छ। प्रदेशका चुनावी तालमेल गर्न प्रदेश स्तरिय सत्तारुढ गठबन्धन दलको पटक–पटक वैठक बसे पनि अझै पालिका बाँडफाँटमा सहमति जुटन सकेको छैन।

सोमबार बसेको सत्तारुढ गठबन्धनले पहिलो चरणमा गत स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र वर्तमानमा लोसपाले नेतृत्व गरिरहेको ३४ वटा पालिकामा भागबण्डा गर्ने र त्यसबाट बाँकी रहेका ९८ वटा पालिकामा पछि भागबण्डा गर्ने विषयमा सैद्धान्तिक सहमति भएको थियो। 

मधेश प्रदेशमा एक महानगर वीरगन्ज र तीन उपमहनगर जनकपुरधाम, सिमरा र कलैया छन्। यी चार स्थानीय तहमा केन्द्रबाटै भागबण्डा लगाइने उल्लेख छ भने बाँकी १३२ पालिकामा भागबण्डा गर्न प्रदेश गठबन्धनलाई जिम्मेवारी तोकिएको छ। त्यसैगरी, सोमबार बसेको बैठकमा अन्य पालिकामा आवश्यता र औचित्यको आधारमा तालमेल गर्ने निर्णय गरेको थियो।

सोमबार सत्तारुढ गठबन्धन दलहरूको सिट बाँडफाँटमा सहमति नभएपछि अर्को बैठक बुधबार राखिएको छ। बुधबार जनकपुरमा बैठक राखिएको एकीकृत नेकपा समाजवादी पार्टीका प्रदेश अध्यक्ष रामचन्द्र यादवले बताए। 

Logo