प्रदेश १: कुन जिल्लामा कति मतदाता ?

प्रदेश १: कुन जिल्लामा कति मतदाता ?


आसन्न स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन कार्यालय र राजनीतिक दलहरूलाई भ्याई नभ्याई भइरहेको अवस्था छ। प्रदेश नं १ मा कूल १३७ पालिकामा एक हजार १५७ वडा छन् । एक महानगरपालिका र दुई उपमहानगरपालिका रहेको प्रदेशमा कूल १३७ प्रमुख १३७ उपप्रमुख र एक हजार १५७ वडाध्यक्ष तथा चार हजार ६२८ वडा सदस्यहरू निर्वाचित हुने प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ।

आगामी स्थानीय तहको निर्वाचनमा प्रदेशभरिमा नयाँ मतदाता तीन लाख ५१ हजार ६१० जनाले पहिलो पटक आफ्नो मताधिकार प्रयोग गर्ने भएका छन्। अघिल्लो निर्वाचनमा कूल २९ लाख ९३ हजार ७७४ जनाले आ–आफ्नो मताधिकार प्रयोग गरेका थिए । नेपालको संविधान २०७२ जारी भएपछि बनेका नयाँ राजनीतिक संरचनामा स्थानीय तहको आगामी वैशाख ३० गते हुने निर्वाचन दोस्रो हो ।

स्थानीय तह निर्वाचन २०७९ लाई केन्द्रित गर्दै केन्द्रबिन्दु डटकमले सुरु गरेका इलेक्सन एक्सप्रेसमा हामीले आज प्रदेशका १४ जिल्लको विषयमा रिपोर्ट तयार पारेका छौँ । हेर्नुहोस् यो भिडियो:

 

Logo