एकीकृत समाजवादी मुगुले उम्मेदवारी टुंग्यायाे, मेयरमा मल्ल सिफारिस

एकीकृत समाजवादी मुगुले उम्मेदवारी टुंग्यायाे, मेयरमा मल्ल सिफारिस

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादी मुगुले उम्मेदवारी टुंगाे लगाएको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उक्त पार्टीले उम्मेदवार टुंगो लगाएको हो।       

छायाँनाथ रारा नगरपालिकाकाे मेयरमा पारसमणि मल्ललाई उम्मेदवार बनाउने निर्णय भएकाे छ। सोरु गाउँपालिकामा धर्मबहादुर शाहीलाई अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय भएको समाजवादी मुगुले जनाएको छ। 

खत्याड गाउँपालिका र मुगुमकामारोँग गाउँपालिकामा आकांक्षीको मूल्यांकनका आधारमा उम्मेदवारी टुङ्गो लगाइने भएकाे छ।                    

छायाँनाथ रारा नगरपालिकामा उपप्रमुखका लागि कुञ्जुमा कुमाई, नेताप्रसाद चौलागाईं, वीरेन्द्रबहादुर मल्ल , इन्दिरा हमाल र शिवलक्ष्मी मल्लको नाम सिफारिस गरिएको छ।

Logo