सत्ता गठबन्धनमा रहेका दलका नेताहरू स्थानीय निर्वाचनमा कसले टिकट पाउला भनेर छलफल गरिरहेका छन् । कतिपय स्थानीय तहका जतप्रतिनिधिले भने फेरि पनि उम्मेदवार बन्न पदबाट राजीनामासमेत दिएका छन् । तर, गठबन्धनमा रहेका दलहरूबीच भागबण्डा नमिल्दा उम्मेदवारको टुंगो भने लागेको छैन ।
सुरुमा व्यापक चुनावी तयारी थालेको गठबन्धनका दलहरू अहिले चुपचाप छन् । यता प्रतिपक्ष नेकपा एमाले र कांग्रेसकै केही जनप्रतिनिधिले भने पुनः उम्मेदवारी दिने भन्दै राजीनामासमेत दिन थालेका छन् ।
नेकपा एमालेका नेता तथा कार्यकताले भने चुनावी प्रचार अभियान आक्रामक बनाएका छन्। सबै पालिकामा उम्मेदवार टुंगो लगाइसकेका कारण एमालेका कार्यकर्ता चुनावी प्रचारमा लागेका हुन्।
‘अहिलेसम्म कुनै जानकारी नहुँदा अन्योलमा परेका छौं।’ बारेकोट गाउँपालिका जाजरकोटका इन्चार्ज तिलक रावतले भने । कर्णाली प्रदेशका सबै ठाउँमा गठबन्धनको भागबण्डाका लागि सहमति जुटाउन नसक्दा अन्यौल बढेको हो ।
छलफल जारी रहेको तर निकाश भने ननिस्केको कर्णाली प्रदेशका नेकपा माओवादी केन्द्रका इन्चार्ज कालीबहादुर मल्लले बताए ।
यस्तै, कुशे गाउँपालिकाकी उपाध्यक्ष रामछायाँ शाही, भेरी नगरपालिका नगरप्रमुख चन्द्रप्रकाश घर्ती र अन्य ६ वडाका वडाध्यक्षले राजीनामा दिएका छन् । एकै पालिकाबाट ६ जना उम्मेदवारको नामावली पठाएपछि कर्णाली प्रदेशका नेताहरूलाई उम्मेदवार र क्षेत्रको टुंगो लगाउन थप मुस्किल परेको छ।
प्रदेशबाट सबै कुरा टुंगो लगाउने भएपछि सबैको ध्यान प्रदेशतर्फ केन्द्रीत भएको छ। जिल्ला सदरमुकाममा हुने छलफल पनि पातलो भएका छन् । सम्भावित उम्मेदवारहरू टिकटका लागि भन्दै सदरमुकाममा आएर होटलमा बसिरहेका छन् ।





























प्रतिक्रिया