नेकपा एमालेको सचिवालय बैठक एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा सुरु भएको छ । बैठकले स्थानीय चुनावमा पार्टीका तर्फबाट उठाउने महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवार टुंगो लगाउने छ ।
शनिवार दिउँसो ३ बजेकालागि तय भएको बैठक बेलुकी पौने ६ बजे मात्रै सुरु भएको हो । बैठक बस्नुअघि नेताहरू आन्तरिक छलफलमा जुटेकाले बैठक ढिला गरि मात्रै सुरु भएको हो । एमाले अध्यक्ष केपी ओलीसँग एमालेका प्रदेश नेतृत्वमा रहेका नेताहरूले आन्तरिक छलफल गरेका थिए ।
वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि आइतबार देखि मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । तर एमालेले अहिलेसम्म महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारहरू टुंगो लगाइसकेको छैन ।
यसअघि बिहीबार बसेको बैठक शनिवार टुङ्ग्याउने गरी सकिएको थियो ।































प्रतिक्रिया