गठबन्धनमा भरतपुर भागबन्डा टुंगियो, कांग्रेसलाई २० वटा वडा

गठबन्धनमा भरतपुर भागबन्डा टुंगियो, कांग्रेसलाई २० वटा वडा

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ पाँच दलीय गठबन्धनमा भरतपुर महानगरमा वडा तहसम्म भागबन्डा भएको छ ।

कांग्रेसले भरतपुर महानगरपालिकामा सबैभन्दा बढी २० वटा वडाध्यक्ष लिएको छ भने २६ नम्बर वडामा भागबन्डा मिलाउन बाँकी रहेको छ । सहमतिअनुसार कांग्रेसले १, २, ३, ४, ५, ६, ७, ८, १०, १४, १५, १६, १७, १८, १९, २०, २१, २३, २७ र २९ नम्बर वडामा आफ्नो भागमा लिएको छ भने ११, १३, २४, २५,२८ नम्बर वडा पुष्पकमल दाहाल नेृतृत्वको नेकपा माओवादी केन्द्रलेले पाएको छ । 

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले  ९, १२ र २२ नम्बर वडा लिने गरी सहमति भएको छ । पाँच दलको गठबन्धनका जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालगायतले कुनै पनि वडा भागबन्डामा नपाए पनि २६ नम्बर वडाको भागबन्डा भने टुंग्याउन बाँकी छ ।

 

Logo