कांग्रेसबाट उम्मेदवार छनोटको अधिकार देउवालाई

कांग्रेसबाट उम्मेदवार छनोटको अधिकार देउवालाई

केन्द्रबिन्दु
0
Shares

स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न नेपाली कांग्रेसले संसदीय समिति गठन गरेको छ। पार्टी कार्यालय सानेपामा आज बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले १३ पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेल सदस्य रहेको समिति गठन गरेको हो। 

उम्मेदवार छनोटको लागि समिति गठन गरे पनि उम्मेदवार छनोटको अधिकार भने पार्टी सभापति शेरबहादुर देउवालाई दिइएको छ। मनोनयन दर्ता प्रक्रिया सुरु भएपछि कांग्रेसले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका प्रमुख, उप्रमुख छनोटका लागि समिति गठन गरेको हो ।

गठबन्धनको भागबन्डाअनुसार काठमाडौं, ललितपुर र विराटनगरको मेयर कांग्रेसको भागमा परेको छ। त्यस्तै वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकामा कांग्रेसले उपमेयर पाएको छ। 

उपमहानगरको हकमा कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुल्सीपुर, नेपालगञ्ज र धनगढीमा मेयरको सिट पाएको छ। जितपुर सिमरा, घोराही र हेटौंडामा उपमेयर कांग्रेसको भागमा परेको छ। 

यी सबै सिटमा कांग्रेसले अहिलेसम्म उम्मेदवार टुंगो लगाउन सकेको छैन । त्यसका लागि कांग्रेसले समिति गठन गरेको हो। समिति गठन गरे पनि उम्मेदवार छनोटको अधिकार भने देउवालाई दिइएको छ।

Logo