मनोनयन दर्ता अपडेट : हालसम्ममा साढे २३ हजारभन्दा बढीले दिए उम्मेदवारी

मनोनयन दर्ता अपडेट : हालसम्ममा साढे २३ हजारभन्दा बढीले दिए उम्मेदवारी

केन्द्रबिन्दु
0
Shares

यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा विभिन्न पदमा हालसम्म २३ हजार ५१७ जनाले उम्मेदवारी दिएका छन् । 

निर्वाचन आयोगका अनुसार सोमबार दिउँसो २ बजेसम्म विभिन्न पदमा उक्त उम्मेदवारी परेको हो । आयोगले आइतबार र सोमबार मनोनयन दर्ताको लागि समय दिएको थियो । मनोनयन सोमबार बेलुकी पाँच बजेसम्म गर्न पाइनेछ । 

आयोगका अनुसार हालसम्म प्रमुख पदमा १ हजार ३१, अध्यक्ष पदमा ८७१, उपप्रमुख पदमा ५३०, उपाध्यक्ष पदमा ४९६, वडा अध्यक्ष पदमा ६ हजार ३२२, महिला सदस्य पदमा ३ हजार ५७५, दलित महिला सदस्य पदमा ३ हजार ६ र सदस्य पदमा ७ हजार ६८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।  

Logo