कास्कीको रुपा गाउँपालिकामा नेपाली कांग्रेस कार्यकर्ताले आफ्नै उम्मेदवारलाई मनोनयन गर्नबाट रोक लगाएका छन् ।
बिहानैदेखि निरन्तर नाराबाजी गर्दै बाटो रोकेका कारण गाउँपालिका प्रमुखमा मनोनयन दर्ता गर्न पुगेका आनन्द सुवेदीलाई रोकेका हुन् ।
स्थानीय नेता कार्यकर्ताको निरन्तर अवरोधपछि अन्तिम समयमा आएर उम्मेदवार परिवर्तन गरिएको छ। सुवेदीलाई हटाएर अध्यक्षमा गिमाया गुरुङ र उपाध्यक्षमा नारायण श्रेष्ठलाई उठाउने निर्णय भएको रुपा गाउँपालिकाका प्रकाश खनालले जानकारी दिए । खनाल पनि यसपटक नेपाली कांग्रेसबाट पालिका प्रमुख आकांक्षी थिए ।





























प्रतिक्रिया