डोल्पाको शे-फोक्सुन्डोमा अध्यक्षसहित ६ वडाध्यक्ष निर्विरोध

डोल्पाको शे-फोक्सुन्डोमा अध्यक्षसहित ६ वडाध्यक्ष निर्विरोध

केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेशमा एमालेको स्थानीय तह निर्वाचनमा खाता खुलेको छ ।

डोल्पाको  शे-फोक्सुन्डो गाउँपालिकामा नेकपा (एमाले) का तर्फबाट अध्यक्षसहित ६ वडाध्यक्ष निर्विरोध भएका छन्। शे-फोक्सुन्डोको अध्यक्षमा धावासम्डुक गुरुङको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।

त्यस्तै गाउँपालिकाको वडा नं. १, ३, ५, ६, ७ र ९ को वडाध्यक्षहरुमा क्रमशः जिक्मेछोइङ लामा, पेमागिर्मे गुरुङ, कार्मातार्के गुरुङ, रिग्जिन गुरुङ, पेमाछिरिङ गुरुङ र सार्के लामाको मात्रै उम्मेदवारी परेको छ । साथै सो पालिकामा एमालेका वडा सदस्यहरु पनि निर्बिरोध भएको एमाले केन्द्रिय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् । 

Logo