लम्कीचुहा प्रमुखमा कांग्रेसका दुई उम्मेदवार, सुशीलालाई आधिकारिकता

लम्कीचुहा प्रमुखमा कांग्रेसका दुई उम्मेदवार, सुशीलालाई आधिकारिकता

केन्द्रबिन्दु
0
Shares

कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुखमा कांग्रेसबाट दुई जनाको उम्मेदवारी परेकोमा सुशीला शाहीले आधिकारिकता पाएकी छन्। लम्कीचुहा नगरपालिकाको मेयरमा कांग्रेसका शाही र भक्तबहादुर थापाले उम्मेदवारी दिएका थिए ।

दुवैले आफू आधिकारिक रहेको बताए पनि निर्वाचन अधिकृतले भने शाहीलाई आधिकारिकता दिँदै भक्तबहादुर थापाको उम्मेदवारी रद्द गरेको हो।

लम्कीचुहा नगरपालिकाका निर्वाचन अधिकृत हिरालाला चौधरीले शाहीको उम्मेदवारी आधिकारिक भएको भन्दै कांग्रेसले जानकारी दिएपछि थापाको उम्मेदवारी रद्द गरिएको जानकारी दिए।

Logo