पाँच दलीय गठबन्धनका तर्फबाट काठमाडौं महानगरका प्रमुखका उम्मेदवार सिर्जना सिंहले निर्वाचन जितेर गएपछि महानगरलाई महान् घर बनाउने लक्ष्य राखेको बताएकी छन्।
‘महानगरपालिकामा सुशासन ल्याउनु मेरो पहिलो दायित्व हुनेछ। घरभित्र सुशासन भएन भने बाहिर ठूला–ठूला कुरा गर्नुको कुनै औचित्य हुन्न,’ उनले भनिन्।
पार्टीले मलाई काठमाडौंको मेयरका लागि अघि सारेको छ। यो हामी महिलाको जित भएको छ। सबै महिला आन्दोलनका लागि गौरवको कुरा हो,’ सिर्जनाले भनिन्, ‘म जितेर गएपछि महानगरलाई महान् घर बनाउने लक्ष्य रहेको छ।’
उनले काठमाडौंको सम्पदा, सभ्यता, संस्कृति बचाउन सधैँ सक्रिय रहने प्रतिवद्धता पनि जनाइन्। सिर्जनाले महानगरको प्रमुख भएपछि सुशासन ल्याउनु पहिलो दायित्व हुने तर्क दिइन् ।































प्रतिक्रिया