संघीयताको माध्यमबाट सुशासन ल्याउन गठबन्धनका उम्मेदवारलाई जिताउँ : राजेन्द्र श्रेष्ठ

संघीयताको माध्यमबाट सुशासन ल्याउन गठबन्धनका उम्मेदवारलाई जिताउँ : राजेन्द्र श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी जसपा नेपालका नेता राजेन्द्र श्रेष्ठ अझै पनि लोकतन्त्र बलियो भइनसकेको तर्क दिएका छन् । 

रत्नपार्कस्थित शान्ति बाटिकामा जारी पाँच दलीय गठबन्धनको चुनावी सभा सम्बोधन गर्दै उनले भने ‘लोकतन्त्र आज पनि बलियो भइसकेको छैन। संघीयताको कार्यान्वयन भइसकेको छैन, चाहेको जस्तो समृद्धि, सुशासन आइसकेको छैन।’

उनले आगामी दिनमा राम्रो काम गर्न, संघीयतालाई ठीक ढंगले काम गर्न, संघीयताको माध्यमबाट सुशासन ल्याउन गठबन्धनका साझा उम्मेदवारलाई मत दिएर जिताउन मतदातालाई आग्रह गरे।  

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका उखान टुक्का सुनेर २०७४ को स्थानीय तह निर्वाचनमा जनताले बहुमत दिएको तर्क दिए । उनले भने,  ‘उखान टुक्का सुनेर, राम्रा राम्रा हास्य व्यङ्ग्य सुनेर जनताले स्थानीय तह निर्वाचनमा केपी ओलीको पार्टीलाई बहुमत दिए, संसदीय निर्वाचनमा पनि बहुमत दिए,’ श्रेष्ठले भने, ‘तर स्थिति के भयो हामीले देख्यौँ ।’

Logo