मंगलबार मध्यरातदेखि ७२ घण्टाका लागि सीमा नाका बन्द हुने

मंगलबार मध्यरातदेखि ७२ घण्टाका लागि सीमा नाका बन्द हुने

केन्द्रबिन्दु
0
Shares

सरकारले चीन र भारतसँग जोडिएका अन्तर्राष्ट्रिय सीमा मंगलबार रातिबाट ‘सिल’ गर्ने भएको छ। स्थानीय तह निर्वाचनका लागि सीमाबाट हुने आवागमन ७२ घण्टासम्म बन्द गर्न लागिएको हो ।

मंगलबार मध्यरातदेखि मतदान हुने दिनको मध्यरातसम्म सीमा बन्द गर्ने निर्वाचन आयोगको निर्णयअनुसार सीमावर्ती जिल्लाका प्रशासन कार्यालयहरूलाई निर्देशन दिइसकिएको गृह मन्त्रालयले जनाएको छ।

नेपालको भारतसँग करिब १ हजार ८८० किमी र चीनसँग करिब १ हजार ४१४ किमी सीमा जाेडिएकाे छ। नेपालका ४२ वटा जिल्ला चीन र भारतसँग जोडिएका छन्।

Skip This
Skip This
Logo