दोलखाको बैतेश्वरमा कांग्रेस कार्यकर्ताद्वारा बुथ कब्जा प्रयास, मतदानमा अवरोध

दोलखाको बैतेश्वरमा कांग्रेस कार्यकर्ताद्वारा बुथ कब्जा प्रयास, मतदानमा अवरोध

केन्द्रबिन्दु
0
Shares

दोलखाको बैतेश्वर गाउँपालिका १ र २ का मतदान स्थलमा नेपाली कांग्रेसका कार्यकर्ताले मतदानमा अवरोध गरेका छन् । 

देशभर बिहान ७ बजे मतदान सुरु भएको छ । तर ति स्थानमा भने अहिलेसम्म त्यहाँ मतदान सुरु हुन सकिरहेको छैन । उनिहरुले गएरातिदेखि नै बुथ कब्जा गर्न खोजेपछि मतदानमा समस्या भएको छ । कांग्रेसका कार्यकर्ताले ढुंगाबुडा प्रहार गरेर अन्य दलका कार्यकर्तालाई प्रवेश गर्न नै दिएका छैनन् ।

वडा नं १ को गैरीमुढीको पुतलीकाठ मतदानस्थल र २ का मतदानस्थलमा पनि उनीहरूले अवरोध गरेका छन् । प्रहरीले नियन्त्रण गर्न नसकेको जनाएको छ । यद्यपि तनाब रोक्न प्रहरीले वडा २ मा हवाइ फायर गरेको छ । २०७४ को निर्वाचनमा पनि कांग्रेसका कार्यकर्ताले वडा २ को बुथ कब्जा गरेका थिए ।

Logo