एक जना मतदाताले दुई वटा मतपत्र बोकेको पाइएपछि मतदान अवरुद्ध

एक जना मतदाताले दुई वटा मतपत्र बोकेको पाइएपछि मतदान अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

महोत्तरीको गौशाला नगरपालिकाको एउटा मतदान केन्द्रमा मतदान प्रक्रिया अवरुद्ध बनेको छ । गौशाला–९ स्थित बिषहरपुर मतदान केन्द्रमा एक जना मतदाताको साथबाट दुई वटा मतपत्र  फेला परेपछि विवाद चर्किएको हो ।

जसका कारण करिब एक घण्टादेखि  मतदान प्रक्रिया अवरुद्ध बनेको छ । मतदानस्थलबाट स्थानीयले दिएको जानकारीअनुसार फेला परेको दुई वटा मतपत्र मध्ये एउटा नमुना मतपत्र रहेको छ ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रन्जन मिश्रले विवाद मिलाएर मतदान पुनः सुरु गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।

Skip This
Skip This
Logo