महोत्तरीका केही पालिकामा मतगणना सुरु

महोत्तरीका केही पालिकामा मतगणना सुरु

केन्द्रबिन्दु
0
Shares

महोत्तरीमा मतगणनाको विषयमा सर्वदलीय छलफल जारी छ। जिल्लाका १५ वटै स्थानीय तहमा मतगणनाको मापदण्ड र मतगणनाको समय निर्धारण गर्न छलफल जारी रहेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ । 

१५ वटा स्थानीय तहमध्ये जिल्लाको उत्तरी क्षेत्रमा रहेका बर्दिबास नगरपालिका र गौशाला नगरपालिकामा भने अहिले मतगणना सुरु गर्ने निर्णय भएको छ। बर्दिबास नगरपालिकामा वडा नम्बर ८ मतगणना सुरु गर्ने तयारी भैइरहेको छ भने गौशाला नगरपालिकामा कहाँबाट गर्ने भन्ने सम्बन्धमा अझै निर्णय हुन सकेको छैन ।

निर्वाचन कार्यालयका अनुसार जिल्लाको जलेश्वर नगरपालिकामा बिहान ८ बजेबाट मतगणना सुरु हुनेछ भने महोत्तरी गाउँपालिकामा बिहान ९ बजेवाट सुरु गरिने सर्वदलीय छलफलवाट सर्वसम्मत पारित भएको छ ।

जिल्लाका सबै ठाउँको मतपेटिका मतगणनास्थलमा पुर्‍याइसकिएको छ । ४९७ मतदान केन्द्र र २५८ मतदानस्थलमा ७० प्रतिशत मत खसेको निर्वाचन आयोग महोत्तरीले जनाएको छ। जिल्लामा जम्मा ७२० पदको लागि ४ हजार ५६६ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

Skip This
Skip This
Logo