वैशाख ३० गते शुक्रबार स्थगन भएका मतदान १९ मतदान केन्द्रमा मतदानका लागि नयाँ मिति तय भएको छ ।
निर्वाचन आयोगका अनुसार आज आइतबार सप्तरीको डाक्नेश्वरी नगरपालिकाको जनता माविको २ केन्द्र, कालिकोटको रास्कोट गाउँपालिकाको जनता माविको १, कालिकोटकै पचालभरना गाउँपालिकाको जनता माविको १, बझाङको जयपृथ्वी नगरपालिका, सुनीपिपल चौर माविको २ मतदान केन्द्रमा मतदान हुँदै छ ।
त्यस्तै जेठ २ गते निर्वाचन हुने मतदान स्थलमा धनकुटाको शहीद भूमि गाउँपालिकाको ठाकुर देवी माविको ३ केन्द्र, रामेछापको खाँडादेवी नगरपालिकाको राकमथुमको ३ केन्द्र, बझाङको केदारस्युँ गाउँपालिकाको जगन्नाथ माविका २ केन्द्र, बझाडको सुर्मा गाउँपालिकाको कृष्ण प्राविको १ केन्द्र र सोही पालिकाको आधाबगर माविको २ केन्द्र रहेका छन्।
जेठ ३ गते निर्वाचन हुने मतदान स्थलमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको श्रीराम माविको २ मतदान केन्द्र रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। गत शुक्रबार स्थानीय तह निर्वाचनमा राजनीतिक दल, उम्मेदवार र अन्य पक्षको विवादका कारण ८५ मतदान केन्द्रमा मतदान स्थगन भएको थियो ।
८५ केन्द्रमध्ये १९ केन्द्रमा जेठ १, २ र ३ गतेका लागि नयाँ निर्वाचन मिति तय गरिएको हो ।
स्थगन भएकामध्ये १० मतदान स्थलमा पुनः मतदानको मिति तय भएको हो भने अन्य ३४ मतदान स्थलमा निर्णय हुन बाँकी छ। तीमध्ये प्रदेश नं. १ को ३, मधेस प्रदेशको २, बागमती प्रदेशको ५, कर्णाली प्रदेशको २ र सुदूरपश्चिम प्रदेशका ५ मतदान केन्द्रमा नयाँ मिति तय भएको हो ।





























प्रतिक्रिया