जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ।
सो वडामा कांग्रेसका शिवकुमार साहले ६११ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अशोककुमार गुप्ताले २९५ र नेकपा एमालेका सन्तोषकुमार साहले १५७ मत ल्याएका छन्।
त्यस्तै कांग्रेसबाटै महिला सदस्यमा सितादेवी साह ५५८, दलित महिला सदस्यमा धनेश्वरीदेवी मुखिया ५५३, सदस्य अमितकुमार साह ४९९, महेश खत्वे ४२३ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जनकपुरधामले जनाएको छ।
यसअघि वडा नम्बर १ मा पनि कांग्रेस नै विजय भएको थियो।





























प्रतिक्रिया