वीरगंज महानगरमा सदरभन्दा बदर मत बढी

वीरगंज महानगरमा सदरभन्दा बदर मत बढी

केन्द्रबिन्दु
0
Shares

वीरगंज महानगरपालिकामा बदर मतको संख्या अत्यधिक रहेको छ । हालसम्म गणना गरिएको मतमध्ये मेयरमा ९३१ मत बदर भएको छ भने सदर मत २ हजार ६४८ रहेको छ । 

त्यस्तै उपमेयरमा भने सदर मत भन्दा बदर मत बढी रहेको छ । उपमेयरको सदर मत १७०६ हुँदा बदरको संख्या  १८७३ रहेको छ । 

महानगरका वडा १,२,३१  र ३२ मा जारी मतगणनामा जनता समाजवादी पार्टी (जसपा) काे दोब्बर भन्दा बढिको मतान्तर रहेको छ । जसपाको १८१० मद आउँदा नकपा एमालेको ७४७ मत आएको छ भने राप्रपाको ४५ मत रहेको छ ।

त्यस्तै ३०७८ मत गणना हुँदा उपमेयरमा कांग्रेसको १३३७, लोसपाको १८३ गुलाब १०२ र हलो ७२ मत रहेको छ ।

Logo