नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको पक्षमा राम्रो जनादेश प्रकट भएको प्रतिक्रिया दिएका छन्। सत्ता गठबन्धनको धाँधलीका बाबजुद एमालेको पक्षमा राम्रो जनादेश आएको उनले बताएका छन्।
स्थानीय तह निर्वाचन अन्तर्गत मतगणना जारी छ। हालसम्म ३७ पालिकाको मात्र नतिजा आएको छ। हालसम्मको मतपरिणाम र मत गणनाको अवस्थालाई हेरेर एमाले महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत त्यस्तो प्रतिक्रिया दिएका हुन् ।
पाँच दलीय सत्ता गठबन्धनले सत्ताको चरम दुरुपयोग गर्दा पनि एमालेको पक्षमा राम्रो जनादेश प्रकट भएको नेता पोखरेलले बताए।
'पाँचदलीय गठबन्धनले सत्ताको चरम दुरुपयोग गर्दा पनि नेकपा (एमाले) को पक्षमा राम्रो जनादेश प्रकट भएको छ', नेता पोखरेलले भनेका छन्, 'लोकतन्त्रमा सत्तासंरक्षित धाँधलीको विरोध गर्नु जनादेशको रक्षाको पैरवी गर्नु हो ।' लोकतन्त्रमा सत्ता संरक्षित धाँधलीको विरोध गर्नु जनादेशको रक्षाको पैरवी गर्नु भएकोसमेत नेता पोखरेलले स्पष्ट पारेका छन् ।































प्रतिक्रिया